चितवन, ८ वैशाख । थारु सास्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीको पन्ध्रौ साधारण सभा तथा चौथो अधिवशेनबाट खिलेन्द्र राज चौधरीको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिति निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा जीत बहादुर चौधरी, सचिव दिपेन्द्र कुमार चौधरी (दिपेश), कोषाध्यक्ष नविन कुमार चौधरी, सह सचिव रतनमाला चौधरी, सदस्यहरुमा यूवराज चौधरी, हठन चौधरी, सन्जु महतो, सन्ध्या गिरी चौधरी, फुलेश्वर चौधरी, सन्त कुमार चौधरी चयन भएका छन ।
अधिवेशनको उद्घाटन गर्दै रत्ननगर नगरपालिका वडा न ६ का वडा सदस्य किरण चौधरीले लोपहुन लागेको थारु भाषा, कला, संस्कृतिको जर्गेन गर्न यस संग्रहालयले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । यस संग्रहालयको संरक्षण एवं सम्बद्धर्न गर्नको लागि यूवाहरु ससक्त भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा थारु संग्रहालयका पूर्व अध्यक्ष अर्जुन चौधरी, निड्सका अध्यक्ष शिव नारायण चौधरी, हरियाली यूवा क्लबका निर्वतमान अध्यक्ष पूर्ण चौधरी, शिक्षक अर्जुन चौधरीले शुभकामना मन्तब्य दिनुभएको थियो ।