काठमाडौं । बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीतमा रहेको 'मकै पिन्नु जाँतोमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायिका मेलिना राई र गायक रमेश राईको सुमधुर स्वर सुन्न सकिन्छ। प्रेमिल शैलीको गीतमा निशा नेम्वाङको शब्द रहेको छ भने यस गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा बिना राउत, सुन्दर घलान र रमेश राईको अभिनय रहेको छ। सनम तामाङले छायाँकन गरेको यस भिडियोमा केशब राज भट्टको कोरियोग्राफी रहेको छ। अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएय्को हो। गायक राईको युट्युव च्यानल 'रमेश राई' मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोलाई दर्शक दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।