Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विद्यार्थीलाई अश्लील भिडियो देखाउने शिक्षकलाई पक्राउ गर्न माग गर्दै जनक मावि गैडाकोटका विद्यार्थी आन्दोलित

विद्यार्थीलाई अश्लील भिडियो देखाउने शिक्षकलाई पक्राउ गर्न माग गर्दै जनक मावि गैडाकोटका विद्यार्थी आन्दोलित

images

इच्छाकामना न्युज

४, बैशाख २०७९
विद्यार्थीलाई अश्लील भिडियो देखाउने शिक्षकलाई पक्राउ गर्न माग गर्दै जनक मावि गैडाकोटका विद्यार्थी आन्दोलित
images

नवलपुर, ४ वैशाख । नवलपुरको गैँडाकोटस्थित जनक माविमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन् । अश्लिल भिडियो देखाउने शिक्षकलाई कारवाहीको गर्नुपर्ने माग राख्दै आन्दोलित बनेका हुन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई सोही स्कुलमा कम्प्युटर पढाउने शिक्षकले अश्लिल भिडियो देखाएर यौन दुर्व्यवहार गर्न खोजेको आरोप लागेको छ ।

आरोपीत शिक्षकको राजीनामा मागेका छन् । गैडाकोट प्रहरीको टोलीले आक्रोशित विद्यार्थीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । ३ राउण्ड अश्रुग्याँस प्रहार गरेर अनियन्त्रित भीडलाई नियन्त्रण लिने प्रयास गरेको स्थानीयहरुले बताएका छन् । विद्यार्थीहरुले स्कुलभित्रको एक मोटरसाइकलमा आगो लगाइदिएका छन् । झ्यालमा समेत तोडफोड गरेका छन् ।

आरोपीत शिक्षक, अभिभावक र विद्यार्थी प्रतिनिधिबीच करिब १ घण्टादेखि छलफल चलिरहेको छ । घटनाबारे गैडाकोट प्रहरी र विद्यालयले हालसम्म कुनै विवरण सार्वजनिक गरेका छैनन् ।

images
प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - १९:१५:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology