Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पलशाह काण्डमा नयाँ ट्वीस्ट : बलात्कारको घटना नभएको भन्दै पिडितले बयान फेरे

पलशाह काण्डमा नयाँ ट्वीस्ट : बलात्कारको घटना नभएको भन्दै पिडितले बयान फेरे

images

इच्छाकामना न्युज

४, बैशाख २०७९
पलशाह काण्डमा नयाँ ट्वीस्ट : बलात्कारको घटना नभएको भन्दै पिडितले बयान फेरे
images

तनहुँ, ४ वैशाख । अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनाको बकपत्र गर्ने क्रममा पीडित पक्षले बयान फेरेका छन्। जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिका र उनका बाबुले समेत बयान फेरेका हुन्।

पीडित गायिकाका बाबुले समेत बकपत्र गराउँदा बलात्कार घटना नभएको भन्दै बयान फेरेका छन्। स्रोतले उनको बकपत्र उदृत गर्दै  ‘दबाब र प्रभावमा परेर जाहेरी दिएका हौं। जाहेरीमा उल्लेख भएजस्तो घटना (बलात्कार) भएको छैन।’भनी पिडितले बयान दिएको जनाएको छ। 

पीडित पक्षले नै बयान फेरेपछि यो घटनाले नयाँ मोड लिएको छ। उनीहरुको बयानले आरोपी शाहलाई केही राहत पुग्न सक्ने आकलन गरिएको छ। उनीहरुले बयान फेर्नुमा होस्टाइल भएको हुनसक्ने आशंका गरिएको छ।

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए। तनहुँमा बलात्कार कसुरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो। दुवै घटनाको पीडित उही नाबालिग थिइन्।

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालत (तनुहँ र नवलपुर)मा मुद्दा दायर भएको छ। दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए। हाल उनी तनहुँ कारागारमा छन्।

 
 

images
प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - १९:०७:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology