धादिङ, ३ वैशाख । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा निर्वाचन लड्न नेकपा माओवादी केन्द्रले कुमार बस्नेतलाई टिकट दिएको छ। योसँगै स्थानीय र माओवादी केन्द्रका शुभ चिन्तकहरुले अविर जात्रा गरेका छन् ।
यस अघि माओवादी केन्द्रबाटै हिरालाल थपलियाले जितेको यस वडामा यो पटक कुमार बस्नेतलाई आज उम्मेदवार बनाउने माओवादी केन्द्रले निर्णय गरेको छ।
०७४ निर्वाचनमा यस वडाबाट कांग्रेसका रामपुकार बस्नेतले ६८ मत, एमालेका विष्णुहरि सिलवालले ३०८ मत र माओवादी केन्द्रका हिरालाल थपलिया ६६२ मत ल्याएका थिए ।