आँबुखैरेनी, २ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाका ९५ प्रतिशत बालबालिकालाई टाइफाईड विरुद्धको खोप लगाईएको छ। २०७८ चैत २५ गतेदेखि चलेको अभियान अन्तर्गत आँबुखैरेनीका बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईएको हो।

अभियानका क्रममा आँबुखैरेनीका ६ वटा वडाका ३२ वटा खोप केन्द्र मार्फत ६ हजार ५ सय जना बालबालिकालाई टाइफाईड विरुद्धको खोप लगाईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।

