Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक मेला बान्निको ‘चैतली’ आज मनाइँदै 

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक मेला बान्निको ‘चैतली’ आज मनाइँदै 

images

इच्छाकामना न्युज

१, बैशाख २०७९
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक मेला बान्निको ‘चैतली’ आज मनाइँदै 
images

टेकेन्द्र बोहरा, बझाङ, १ वैशाख । बझाङको छविसपाथिभरा गाँउपालिकामा सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक मेला बान्नीकी चैतली मेला लागेको छ । मेलामा जिल्लाभित्र तथा बाह्य जिल्लाका हजारौं श्रद्धालु भक्तजनहरूले मष्टाको दर्शन गर्न पुगेका छन् ।

मेलामा छिमेकी जिल्ला बाजुरा, डोटी, बैतडी, दार्चुला लगायत कर्णाली प्रदेशको दैलेख, हुम्ला, जुम्लाबाट पनि भक्तजनहरू दर्शनका लागि आएका छन् । मेला हरेक वर्ष चैत शुक्ल त्रयोदशीका दिन बान्निकोटमा लाग्ने गर्दछ ।

परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतालार्ई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मा देवी प्रकट भइ महिसाशुरको बध गरेको खुसीयालीमा हरेक वर्ष बान्नीकी चैतली मेला लाग्ने गरेको स्थानियको भनाइ छ । 

images
प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - १८:२३:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology