Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रथम उपकुलपति रनिङ शिल्डको उपाधी वन संकायलाई

प्रथम उपकुलपति रनिङ शिल्डको उपाधी वन संकायलाई

images

इच्छाकामना न्युज

३०, चैत्र २०७८
प्रथम उपकुलपति रनिङ शिल्डको उपाधी वन संकायलाई
images

भरतपुर, ३० चैत । ‘प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८’ को उपाधि वन विज्ञान संकायले जितेको छ । बुधबार भएको फाईनल खेलमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पाख्रिबासलाई १–० को गोल अन्तरले हराउँदै वन संकाय उपाधि जित्न सफल भएको छ । खेल सुरु भएको तीन मिनेटमै वन संकायका प्रज्वल महतले गोल गरेका थिए । खेलमा म्यान अफ दि म्याच भएका प्रज्वलले गरेको गोल नै उपाधिका निर्णायक गोल बन्यो । खेल अवधी भर संकायले खेललाई दबाबमा राख्न सफल भएको थियो । 

उपाधि जितेको वन संकायले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।  दोस्रो भएको पाख्रिबास कलेजले २५ हजार रुपैयाँ र मेडल पुरस्कार पाएका छन् । प्रतियोगितामा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारीले तेस्रो र प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टिकापुरले चौथो स्थान हासिल गरेका छन् । तृतीय टिमले १५ हजार र चौथो हुने टिमले १० हजार रुपैयाँ पुरस्कार पाए । 

विद्यार्थी कल्याण निर्देशनालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा आयोजना गरेको प्रतियोगिता अवधि भरमा ४ गोल गरेका  टिकापुर कलेजका सिजन शर्मा सर्वाधिक गोल कर्ता भए ।  पाख्रिबास कलेजका राजकुमार तामाङ म्यान अफ द टुर्नामेन्ट भए । सर्वाधिक गोलकर्ता र म्यान अफ द टुर्नामेन्टलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । आयोजक समितिका संयोजक कृष्ण प्रसाद थपलियाका अनुसार प्रतियोगितामा विश्वविद्यालयको तीन संकाय, आंगिक कलेज, नीजि कलेजका गरी १६ वटा टिम सहभागी भएका थिए । 

images
प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - २०:१०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology