चितवन, ३० चैत । गुरुङ भाषा र खेमा लिपिमा प्रकाशन गरिएको तमू वर्णमाला ‘तमू क्युइ प्ह्रि’ पुस्तक विमोचन गरिएको छ। पुस्तकको चितवनमा सम्पन्न तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो महाधिवेशनको समुद्घाटन समारोहको दिन सोमबार विमोचन गरिएको हो।
पुस्तकको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विमोचन गरे।
खेमा लिपि अभियन्ता भिम बहादुर गुरुङको लेखन रहेको पुस्तकलाई युनाईटेड गुरुङ सोसाइटी अफ अमेरिकाले प्रकाशन गरेको हो।