Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालगञ्जमा कारले ठक्कर दिँदा ३ जनाको मृत्यु 

नेपालगञ्जमा कारले ठक्कर दिँदा ३ जनाको मृत्यु 

images

इच्छाकामना न्युज

२८, चैत्र २०७८
नेपालगञ्जमा कारले ठक्कर दिँदा ३ जनाको मृत्यु 
images

नेपालगञ्ज, २८ चैत । नेपालगञ्जमा कारको ठक्करबाट तीन जना पैदलयात्रुको मृत्यु भएको छ । प्रदेश ३, ०१ २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको बीपीचोक नजिक ठक्कर दिँदा ३ जना पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानेका अनुसार राति करिब पौने १२ बजे कोहलपुरबाट आउँदै गरेको कारले ठक्कर दिँदा ६५ वर्षका समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षकै अलि इद्रिसीको मृत्यु भएको हो ।

कारले ठक्कर दिएपछि घाइते भएका उनीहरूलाई त्यही कारमा राखेर चालकले नै नजिकैको नर्सिङहोम पु¥याएका थिए । अस्पताल पु¥याएलगत्तै तीनै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । कार र चालकलाई नियन्त्रणमा लिइएको पनि डीएसपी न्यौपानेले बताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - ०९:२१:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology