चितवन, २७ चैत । सरकारले रामनवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सूचना निकालेर यसबारेमा जानकारी गराएको हो । चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्वमाभगवान रामचन्द्रको पूजा आराधना गरिन्छ ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको कोखबाट रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीको दिन भएको थियो ।
विष्णुको सातौँ अवतारमा रुपमा भगवान रामलाई लिने गरिन्छ । रामनवमीको अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ ।