काठमाण्डौ, २७ चैत । नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थ आयातमा अवरुद्ध नहुने स्पष्ट पारेको छ । आर्थिक रुपमा निगम ऋणात्मक अवस्थामा पुगेको भएपनि तत्काल इन्धन आयात गर्नै नसक्ने अवस्थामा भने नपुगेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले सीआइएनसँग बताउनुभयो । डलर संचिति कम हुँदै गएकाले डलरमा आयात गर्नुपर्ने इन्धनको खपत कम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
घाटामा गएको भन्दै निगमले सरकारसँग ऋण दिनुपर्ने, रकम उपलब्ध गराउनुपर्ने वा कर कटौति गर्नुपर्ने लगायतका १० बुँदे माप प्रस्तुत गरेको थियो । पेट्रोलियम पदार्थको मागअनुसार इन्डियन आयल कर्पोरेशन (आईओसीलाई)अब नियमित रुपमा बुझाउने रकममा नै दुई अर्ब रुपैयाँ नपुग्ने देखिएको छ ।