Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इच्छाकामनामा ८४ वर्षीया असक्त वृद्वा महिलालाई आफ्नै भान्जाद्वारा पटकपटक जबरजस्ती करणी

इच्छाकामनामा ८४ वर्षीया असक्त वृद्वा महिलालाई आफ्नै भान्जाद्वारा पटकपटक जबरजस्ती करणी

करणीकै कारण मानसिक रुपले विक्षिप्त बनेकी वृद्वाको उपचारको क्रममा मृत्यु, आरोपित पक्राउ

images

इच्छाकामना न्युज

२७, चैत्र २०७८
इच्छाकामनामा ८४ वर्षीया असक्त वृद्वा महिलालाई आफ्नै भान्जाद्वारा पटकपटक जबरजस्ती करणी
images

कुरिनटार, २७ चैत । चितवनको इच्छाकामना गाउँपालिकाका ८४ वर्षीया असक्तवृद्वा महिलालाई आफ्नै भान्जाले पटकपटक जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ। पिडित वृद्वाले आफ्नी छोरीलाई सो कुरा बताएपछि घटना सार्वजनिक भएको हो।

प्राप्त जानकारी अनुसार घटना केहि दिन अघिको हो। घटना बारे जानकारी हुनेबित्तिकै पिडित वृद्वाकी छोराले इलाका प्रहरी कार्यालय मुग्लिनमा पिडक विरुद्ध उजुरी दिएको छ। 

उजुरी पश्चात प्रहरीले पिडकलाई पक्राउ गरी हिरासतमा लिएको र घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ भने घटनाबारे अनुसन्धान भैरहेकोले थप विवरण दिन नमिल्ने प्रहरीले बताएको छ। 

जबरजस्ती करणीकै कारण विक्षिप्त बनेकी वृद्वाको स्वास्थ्य परिक्षणको क्रममा भरतपुर अस्पतालमा चैत २० गते मृत्यु भएको छ। पिडितको मृत्यु पछि गरिएको शव परिक्षणमा समेत पिडितको यौनीमा क्षति पुगेको, सुन्निएको र चोट देखिएको, ३ वटा करङ भाच्चिएको लगायतको कुराहरु उल्लेख भएको स्रोतले जानकारी दिएको छ। 

यद्यपी पिडितको मृत्यु हुनुभन्दा पहिले नै पिडितसँग प्रहरीले बयान लिएको र उक्त बयानमा पिडितले आफ्नै भान्जाले आफुलाई मुख थुनेर पटकपटक जबरजस्ती करणी गर्ने गरेको प्रहरीलाई बताएको कुरा स्रोतले जानकारी दिएको छ। साथै सो कुराको भिडियो समेत रहेको स्रोतले बतायो। 

यस्तै इच्छाकामना न्युजलाई स्रोतले दिएको जानकारी अनुसार घटना गुपचुप पार्नको लागि प्रयास भैरहेकोले सो बारेमा यतिका दिनसम्म पनि घटना सार्वजनिक हुन नसकिरहेको बताए। घटना सामसुम पार्नको लागि केहि स्थानीय नेता र जनप्रतिनिधिहरु समेत लागिपरिरहेको र पिडित परिवारलाई लाखौ रुपैयाँको आर्थिक लोभ देखाउने काम भैरहेको बताए।

नोटः उल्लेखित घटनाको आरोपित र पिडित नातेदार रहेको कारण पिडितको पहिचान खुल्न सक्ने भएकोले नाम उल्लेख नगरिएको हो। यसैले सो सम्बन्धि प्रमाण र कागजात इच्छाकामना न्युजसँग सुरक्षित रहेको जानकारी गरिन्छ । 

images
प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - ०८:३५:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology