इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । डाक्टर डीवाई पाटील स्पोर्टस् एकेडेमीमा हुने चेन्नई र हैदरावादबीचको खेल दिउँसो ३ : ४५ मा सुरु हुनेछ ।
यस्तै आजको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा हुने यी दुई टोलीबीचको खेल साँझ ७ : ४५ मा सुरु हुनेछ ।
यसअघि, हिजो भएको खेलमागुजरात टाइटन्सले लगातार तेस्रो जित हात पारेको छ । पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराउँदै गुजरातले तेस्रो जित निकालेको हो ।पञ्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । जितसँगै गुजरात ३ खेलमा ६ अङ्क जोडेर अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पन्जाब ४ खेलमा २ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । लिग अन्तर्गत आज दुई ओटा खेल हुँदैछ ।