Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ पश्चिमा संस्था बन्द गर्ने रुसको घोषणा 

मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ पश्चिमा संस्था बन्द गर्ने रुसको घोषणा 

images

एजेन्सी

२६, चैत्र २०७८
मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ पश्चिमा संस्था बन्द गर्ने रुसको घोषणा 
images

रुसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ ओटा पश्चिमा गैरसरकारी संस्था बन्द गरेको छ । रुसले एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने घोषणा गरेको हो ।

संयुक्त राष्ट्रसङ्घ महासभाले युक्रेनमा गरेको गम्भीर मानवअधिकार उल्लङ्घन र अत्याचारलाई लिएर रुसलाई राष्ट्रसङ्घीय मानव अधिकार नियोग (युएनएचसिआर) बाट निलम्बित गरेको थियो ।

त्यसको जवाफमा रुसले मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने निर्णय गरेको हो । रुसको कानुन उल्लङ्घन गरेकाले ती संस्थाहरू बन्द गर्ने निर्णय गरिएको रुसी न्याय मन्त्रालयले जनाएको छ ।

एमनेन्स्टी इन्टरनेशनलका निर्देशक एग्नेस कालामार्डले सत्य बोलेका कारण रुसले आफूहरूलाई निशाना बनाएको प्रतिक्रिया दिनुभएको छ ।

images
प्रकाशित मिति :चैत्र २६, २०७८ शनिवार - ०९:४९:१३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology