Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राष्ट्रिय परिचयपत्र बनाउन मासिक ४ लाखको आवेदन 

राष्ट्रिय परिचयपत्र बनाउन मासिक ४ लाखको आवेदन 

images

इच्छाकामना न्युज

२६, चैत्र २०७८
राष्ट्रिय परिचयपत्र बनाउन मासिक ४ लाखको आवेदन 
images

काठमाण्डौ, २६ चैत । नेपालमा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढ्न थालेको छ । सरकारले राहदानी लिनको लागि अनिवार्य गरेपछि राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढेको हो ।

यसअघि परिचयपत्र बनाउनेको सङ्ख्या गन्न सकिने अवस्थामा रहेको भएपनि पछिल्लो समय मासिक ४ लाखले आवेदन दिने गरेका राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सूचना अधिकारी लक्ष्मण ढकालले सीआइएनसँग बताउनुभयो ।

पहिलो चरणमा राहदानी लिनको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको सरकारले अब विस्तारै सवारीचालक अनुमति पत्र लाइसेन्स लगायतका परिचयपत्र लिनको लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता, विवाहित भए विवाह दर्ता र नागरिकतामा भएको ठेगाना परिवर्तन भएको भए बसाईसराइको कागजपत्र पेश गर्नुपर्ने हुन्छ । 

images
प्रकाशित मिति :चैत्र २६, २०७८ शनिवार - ०९:३३:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology