Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आईपीएल क्रिकेटमा आज पञ्जाब र गुजरातबीच खेल हुने

आईपीएल क्रिकेटमा आज पञ्जाब र गुजरातबीच खेल हुने

images

एजेन्सी

२५, चैत्र २०७८
आईपीएल क्रिकेटमा आज पञ्जाब र गुजरातबीच खेल हुने
images

इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आज पनि एक मात्रै खेल हुने भएको छ । मुम्बईको ब्राबौनमा हुने आजको खेलमा पञ्जाब किङ्ग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । पञ्जाब र गुजरातबीचको खेल साँझ ७ ः ४५ मा सुरु हुनेछ ।

यसअघि, हिजो भएको खेलमा लखनउ सुपर जाइन्ट्सले जित हात पारेको छ । मुम्बईमा गयराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै लखनउले जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले निर्धारित ओभरमा जम्मा ३ विकेटको क्षतिमा १ सय ४९ रन बनायो ।

१ सय ५० रनको लक्ष्य पछ्याएको लखनउले २ बल बाँकी छदा ४ विकेटको क्षतिमा जित हात पा¥यो । जितसँगै लखनउ अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ भने दिल्ली पुछारबाट चौथो स्थानमा रहेको छ । 

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - ०९:३७:३८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology