Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

धार्चेमा ¥याफ्टिङ शुरु

धार्चेमा ¥याफ्टिङ शुरु

केशव गुरुङ

२१, मंसिर २०७७
धार्चेमा ¥याफ्टिङ शुरु

फाइल तस्बिर

images

धार्चे गाउँपालिकामा व्यवसायिक रुपमा ¥याफ्टिङ संचालन हुने भएको छ । 

शनिवार खोर्लावेशी देखि न्याउली खोलासम्म परिक्षणको रुपमा ¥याफ्टिङ गरिएको छ । गाउँपालिकाको आयोजना र धार्चे पर्यटन प्रबर्धन समितिको समन्वय तथा प्राविधिक सहयोगमा ¥याफ्टिङको गरिएको हो ।

‘पहिलो चरणमा माछाखोलाको दोभानबाट नौली खोला सम्म ¥याफ्टिङ ग¥यौ,’ धार्चे गाउँपालिका पर्यटन प्रवद्र्धन समितिका संयोजक मणि गुरुङले भने, ‘व्यवसायिक रुपमा ¥याफ्टिङ संचालन गर्न सक्ने नसक्ने बारेमा परिक्षण पनि गरेका हौ ।’

बुढीगण्डकी माथि ¥याफ्टिङ गर्दै साहसिक पर्यटकले मज्जा लिन सक्ने उनले बताए ।

पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्य रहेको बताइएको छ । शनिबार देखि औपचारिक रुपमा ¥याफ्टिङ संचालनमा आएको उनले जानकारी दिए ।

शनिवार नेपाल पर्यटन बोर्डका सदस्य, सरकारी कार्यालयका प्रमुख, गाउँपालिकाका प्रमुख÷उपप्रमुख लगायतको टोलिले ¥याफ्टिङ गरेका छन् । आइतवारबाट सर्वसाधारणले ¥याफ्टिङ गर्न पाउने गुरुङले बताए ।

पर्यटकले क्यानोनिङ पनि गर्न पाउने उनले जानकारी दिए । उनका अनुसार सर्वसाधारणका लागि क्यानोनिङ गर्न रु ५ सय र ¥याफ्टिङका लागी ८ सय रुपैया तोकिएको छ । हाल भोटेकोशी गु्रपले ¥याफ्टिङ संचालन र प्रशिक्षण गरिरहेको छ ।

साइकलिङ टूेल, ¥याफ्टिङ र क्यानोनिङलाई सँगसँगै लैजाने योजना रहेको समितिले जनाएको           छ ।   

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - १०:०१:३४ बजे

केशव गुरुङ

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology