Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता रामपुरमा सुरु

प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता रामपुरमा सुरु

images

इच्छाकामना न्युज

२४, चैत्र २०७८
प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता रामपुरमा सुरु
images

भरतपुर, २४ चैत । विद्यार्थी कल्याण निर्देशनालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा ‘प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८’ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा सुरु भएको छ । प्रतियोगिताको बिहिबार उद्घाटन गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले प्रतियोगितालाई विश्वविद्यालयले नियमित वार्षिक कार्यक्रममा समावेश गर्ने बताए ।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको लागि पहिलो पटक खेलकुद प्रतियोगिता आयोजना भएको बताउँदै उनले आगामी दिनमा अन्य खेलकुदसँगै छात्राहरु बीच पनि फुटबल प्रतियोगिता आयोजना गरिने जानकारी दिए । 

प्रतियोगिता उद्घाटन कार्यक्रममा विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले विद्यार्थीका लागि अध्ययनसँगै सामाजिक विकास र शारीरिक विकासका लागि खेलकुद पनि जरुरी रहेको बताईन् । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक कृष्णप्रसाद थपलियाले जानकारी दिए । प्रतियोगितामा विश्वविद्यालयको कृषि संकायको २, पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको १, वन विज्ञान संकायको १ टिमको सहभागिता रहेको छ । 

277687927_365390382168023_1629315964305983067_n.jpg

यस्तै, विश्वविद्यालयको पुरुञ्चौर, पाख्रिबास, बर्दिबास, कटारी, मरिण, टिकापर, रोल्पा, खजुरा र दुल्लुमा रहेको आंगिककलेज प्रत्येकबाट १ टिम, भ्यालि कृषि क्याम्पस ललितपु, सिद्धान्त कलेज गैंडाकोट र ब्राईट मध्यपश्चिम कृषि कलेज सुर्खेतको टीम सहभागी छन् । 

बिहिबार भएको उद्घाटन खेलमा पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले कृषि संकायबीलाई ६–१ को गोल अन्तरले हराएको छ । खेलमा पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका लागि सौरभ गेलालले २ गोल गरेका थिए । निशान दाहाल, दिपेश गुरुङ, सुदिप श्रेष्ठले १÷१ गोल गरेका थिए । कृषि संकायको तर्फमा आत्मघाती १ गोल भएको थियो । कृषि संकायका लागि १ मात्र गोल दिलिप घिमिरेले गरे । 

277847024_341680594607182_7062302016607693572_n.jpg

खेलमा म्यान अफ दि म्याच सौरभ गेलाल भए । प्रतियोगिताका विजयी टीमले ५० हजार, द्वितीयले २५ हजार, तेस्रोले १५ हजार र चोथौले १० हजार पुरस्कार पाउनेछन् । म्यान अफ दि टुर्नामेट र सर्वाधिक गोलकर्ताले १० हजार तथा म्यान अफ दि म्याच हुनेले २हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका संयोजक थपलियाले बताए । प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा शुक्रबार चार खेल हुनेछ । 

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - २०:२४:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology