Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

३ किलोमिटर सडक बनाउन ४ वर्ष लाग्यो, तर सडक निर्माणको काम पूरा भएन 

३ किलोमिटर सडक बनाउन ४ वर्ष लाग्यो, तर सडक निर्माणको काम पूरा भएन 

इच्छाकामना न्युज

२४, चैत्र २०७८
३ किलोमिटर सडक बनाउन ४ वर्ष लाग्यो, तर सडक निर्माणको काम पूरा भएन 

राकेश शर्मा, म्याग्दी, २४ चैत । म्याग्दीको बेनी नगरपालिका–१ मा ३ किलोमिटर सडक ४ वर्षको अवधिमा पनि पूरा हुन सकेको छैन, ठाउँठाउँमा गरिएको कालोपत्रे पनि उप्किएको छ । ३ किलोमिटर सडकलाइ व्यवस्थित बनाउन वर्षौसम्म करोडौं रकम खर्च भइरहेको छ ।

images

बाग्लुङ–बेनी सडक अन्र्तगत बेनी नगरपालिका १ रत्नेचौरको भुवाने देखि हुलाकेडाडा खबरासम्मको सडक विस्तार र कालोपत्रे गर्न सडक डिभिजन कार्यालय बागलुङले २०७४ साउनमा नागार्जुन देब एण्ड सायर बिएन जेभीसँग १३ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार सडक निर्माणको काम २०७६ मा सक्ने लक्ष्य थियो ।

९० प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम दुई वर्षदेखि रोकिएको छ । जसले गर्दा यात्रा जोखिमपूर्ण रहेको यातायात व्यावसायी र यात्रहरू बताउँछन् । वि.सं. २०७६ माघमा सातदेखि दश मिटर फराकिलो बनाएर विस्तार भएको सडकमा पहिलो चरणको डिबिएसडी प्रबिधीको कालोपत्रे बिछ्याइएको थियो ।

कोरोना महामारी फैलिएपछि सोही सालको चैतमा गर्ने भनिएको दोस्रो चरणको कालोपत्रे हुन सकेन् । जसले गर्दा काम पूरा नहँदै सडक जिर्ण बनेको छ । अधुरो कामलाई पूर्णता दिन ताकेता गरेपनि निर्माण व्यवसायीले अटेरी गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि भने पहिरोले क्षति पुगेपछि थप गर्नुपर्ने कामको कारण ढिलाइ भएको बताउँछन् । २ वर्षमा सकिने काम ४ वर्षमा पनि नसकिदा यात्रुलाई दैनिक यात्रामा असहज मात्रै भएको छैन, राज्यको रकम पनि दोब्बरले खर्च भइरहेको छ । 

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - १०:०७:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology