Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

रुसी सैनिकले दोस्रो विश्वयुद्ध यताकै गम्भीर युद्ध अपराध गरेको युक्रेनी राष्ट्रपतिको आरोप

रुसी सैनिकले दोस्रो विश्वयुद्ध यताकै गम्भीर युद्ध अपराध गरेको युक्रेनी राष्ट्रपतिको आरोप

एजेन्सी

२३, चैत्र २०७८
रुसी सैनिकले दोस्रो विश्वयुद्ध यताकै गम्भीर युद्ध अपराध गरेको युक्रेनी राष्ट्रपतिको आरोप
images

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी सैनिकले दोस्रो विश्वयुद्ध यताकै गम्भीर युद्ध अपराध गरेको आरोप लगाउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको बैठकलाई हिजो सम्बोधन गर्दै जेलेन्स्कीले रुसी सैनिकले आफ्नो देशमा सर्वसाधारणको हत्या तथा गम्भीर यातना दिएको बताउनुभयो ।

images
images

राजधानी किभ नजिकैको बुचासहितका क्षेत्रमा रुसी सैनिकलेआफ्नो ‘विलाशिता’ का लागि सर्वसाधारणमाथि ट्याङ्क गुडाएको उहाँले आरोप लगाउनुभयो । साथै उहाँले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद रहेको तर, विश्वमा सुरक्षा भने नरहेको पनि गुनासो गर्नुभयो । सुरक्षा परिषद बैठकलाई सम्बोधनमा उहाँले विश्वको सुरक्षा व्यवस्था जोखिममा रहेको पनि बताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - ०९:४६:४९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology