Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लखन थापामगर प्रथम शहीद होइनन् भन्ने ओलीको अभिव्यक्तिप्रति मगर संघको कडा आपत्ती

लखन थापामगर प्रथम शहीद होइनन् भन्ने ओलीको अभिव्यक्तिप्रति मगर संघको कडा आपत्ती

इच्छाकामना न्युज

२२, चैत्र २०७८
लखन थापामगर प्रथम शहीद होइनन् भन्ने ओलीको अभिव्यक्तिप्रति मगर संघको कडा आपत्ती
images

बुटवल, २२ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष खड्क प्रसाद ओलीले प्रथम शहीदका विषयमा दिएको अभिव्यक्तिलाई लिएर अहिले देशैभर विरोध सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष खड्क प्रसाद ओलीले चैत्र १८ गते काठमाडौं स्थित एक कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापामगर नभई अछामका बलदेव शाही उर्फ बाँकावीर हुन् भन्ने अभिव्यक्ति दिएपछि अहिले उनी विवादमा तानिएका छन् । 

images
images

ओलीको अभिव्यक्तिप्रति देशैभर विरोध भइरहँदा नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले पनि घोर भत्र्सना सहित विरोध जनाएको छ । संघले मंगलबार रुपन्देहीमा पत्रकार सम्मेलन मार्फत विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो । 

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष समेत रहेका खड्क प्रसाद ओलीले नेपालका प्रथम शहीद लखन थापा मगरलाई अपमान गर्दै दिएको अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै ओलीले माफी सहित भनाई फिर्ता लिन उनीहरुले माग गरेका छन् । नेपाल मगर संघका केन्दि«य उपाध्यक्ष दल बहादुर वीरकट्टा मगरले सार्वजनिक रुपमा तत्काल भनाई फिर्ता लिनुपर्ने माग गर्नुभयो । ओलीले उक्त अभिव्यक्ति फिर्ता नलिए देशैभरका मगरहरु मगर संघको आह्वानमा सशक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । 

संघका केन्दि«य उपाध्यक्ष वीरकट्टाले वि.स.२०५६ सालमा शहिद र वि.स. २०७२ साल असोज २ गतेको मन्त्री परिषद्को निर्णयले प्रथम शहिद घोषणा गरीसकेको अवस्थामा प्रथम शहीद होइन भन्नु गैरजिम्मेवार, असंबैधानिक र साम्प्रदायिकताबाट प्रेरित भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिबाट यस्ता अभिव्यक्तिहरु आउनु सामान्य कुरा नहुने भन्दै सुनियोजित तरिकाबाट यो कुरा बाहिर ल्याइएको जिकिर गर्नुभयो । 

सो अवसरमा नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका जिल्ला अध्यक्ष आन बहादुर सोतीमगर, सचिव थर्क बहादुर बारघरेमगर, मगरका बाबा समाजसेवी प्रेम गलामीमगर, राधिका श्रीसमगर लगायतले ओलीको अभिव्यक्तिले संविधानप्रदत राज्यले गरेको निर्णयप्रतिको ठाडो चुनौती र बर्खिलाप भएको धारणा व्यक्त गर्नुभयो । ओलीको अभिव्यक्तिमा दम्भको आभास रहेको र नेपालका प्रथम शहिद लखन थापामगर शहिद होइनन् भन्ने कुराको दावी र प्रमाण पेश गर्न विज्ञप्तिमा भनिएको छ । 

एकतन्त्रीय जहाँनीया राणा शासनका विरुद्ध आवाज उठाउँदै नागरिक स्वतन्त्रताका लागि जनविद्रोहको सुरुवात गरेको आरोपमा नेपालका प्रथम शहीद लखन थापामगरलाई तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर कुवँरद्वारा वि।सं। १९३३ साल फागुन २ गते गोरखा जिल्लाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - १७:२७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology