Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्कुल हिँडेकी छात्राको क्रेनको ठक्करबाट मृत्यु, आक्रोशित स्थानीयले शव उठाउन दिएनन्

स्कुल हिँडेकी छात्राको क्रेनको ठक्करबाट मृत्यु, आक्रोशित स्थानीयले शव उठाउन दिएनन्

इच्छाकामना न्युज

१७, चैत्र २०७८
स्कुल हिँडेकी छात्राको क्रेनको ठक्करबाट मृत्यु, आक्रोशित स्थानीयले शव उठाउन दिएनन्
images

सर्लाही, १७ चैत । सर्लाहीको राजघाटमा क्रेनको ठक्करबाट स्कुल हिँडेकी बालिकाको ज्यान गएको छ । बागमती नगरपालिका–७, राजघाट बिहीबार साइकलमा स्कुल जाँदै गरेकी छात्रालाई क्रेनले ठक्कर दिएका थियो । क्रेनको ठक्करबाट सोही स्थानकी १७ वर्षीया छात्रा सुमित्रा परियाको घटना स्थलमै मृत्यु भएको हो । आक्रोशित स्थानीयले शव उठाउन दिएका छैनन् । स्थानीय र पीडित परिवारलाई सम्झाइबुझाई शव उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

images
images

आक्रोशित स्थानीको भीडले बालिकालाई ठक्कर दिने क्रेनमा तोडफोड र आगजनी गरिदिएका छन् । भीड अनियन्त्रित भएपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो । तर, विद्यालयका विद्यार्थी ढुंगामुढासहित सडकमा आएपछि प्रहरीसमेत पाछिहट्नु परेको थियो । उनीहरूले प्रहरीमाथिसमेत ढुंगामुढा गरेका थिए । सोही क्रममा ढुंगा लागेर इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक नरेन्द्र मरवैतासहित चार प्रहरी घाइते भएका छन् ।

नव जनजागरण माद्यामिक विद्यालयका विद्यार्थी घटनास्थलमा जम्मा भएर नारा जुलुस गरिरहेका छन् । क्रेनमा लगाइएको आगो नियन्त्रणका लागि पुगेका हरिवन नगरपालिकाको दमकलसमेत उनीहरूले फर्काइदिएका छन् । घटना स्थलको स्थिति नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमा शंकरप्रसाद यादवले जानकारी दिए ।

घटनास्थल सुरक्षाका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आगजनीबाट क्रेनको अधिकांश भाग जलेर क्षति पुगेको छ । प्रत्यक्षदर्शीका अनुसार मृतक सुमित्रा र उनकी भाउजू पनि साइकलमा सवार रहेका थिए । परियारलाई साइकलमा विद्यालय जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको क्रेनले ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ ।

मृतक छात्रा नव जागरण माद्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । उक्त क्रेन केही दिन यता गाउँमा विद्युत् पोल गाड्ने, उखेल्ने काममा प्रयोग हुँदै आइरहेको थियो । घटना लगतै प्रहरीले क्रेनका चालकसहित सवार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

 

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - २०:१६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology