Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोक्ने पुटिनको भनाइ

युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोक्ने पुटिनको भनाइ

एजेन्सी

१७, चैत्र २०७८
युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोक्ने पुटिनको भनाइ
images

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले,युक्रेनको शहर मारियोपोलमा रहेका युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोक्ने बताउनुभएको छ । रुसी सैनिकले घेराबन्दी गरेको मारियोपोलमा युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोक्ने पुटिनले बताउनुभएको बीबीसीले जनाएको छ । तर युक्रेनले यसअघि नै कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताइसकेको छ। रुसको आक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको शहर मारियोपोल हो ।

images
images

त्यहाँका बासिन्दा अत्यावश्यक सेवा बिना बस्न बाध्य भएका खबरमा उल्लेख छ । तर रुसले भने गोलाबारी रोकेको छैन । रुसले मारियोपोलका अस्पताल, विद्यालय, आवासीय क्षेत्र, आश्रय लिएर बसेका क्षेत्रसहितलाई निशाना बनाएको छ । रुसी आक्रमणका कारण मारियोपोलमा सर्वसाधारण मारिएका छन् । मारियोपोलमा रुसले युद्ध अपराध गरेको युक्रेन तथा अन्तर्राष्ट्रिय समुदायले बताएका छन् ।

यसैबीच रुस र युक्रेनबीचको शान्ति वार्ता भोलि फेरि हुने भएको छ । भोलि अनलाइनबाट वार्ता गर्ने तयारी भएको युक्रेनी वार्ताकार डेभिड अरखामियाले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि अस्ति मंगलबार पहिलोपटक भौतिक रुपमा वार्ता भएकोमा फेरि पनि अनलाइनमार्फत नै वार्ता हुने तयारी भएको हो । तर रुसले भने वार्ताबाट धेरै अपेक्षा नगरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ । रुसले आक्रमण सुरु गरेयता ४० लाखभन्दा धेरैले युक्रेन छाडिसकेका छन् । जसमध्ये २० लाख बालबालिका रहेका संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले बताएको छ ।

देशभित्रै विस्थापित भएका थप २५ लाख बालबालिका जोड्दा ६० प्रतिशत बालबालिकाआफ्नो घरबाट विस्थापित भएका युनिसेफले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ०९:३२:२३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology