Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

श्रीलङ्काको जस्तै अवस्थामा नपुग्न नेपाल समयमै सचेत हुनुपर्नेमा जोड 

श्रीलङ्काको जस्तै अवस्थामा नपुग्न नेपाल समयमै सचेत हुनुपर्नेमा जोड 

images

सिआईएन

१७, चैत्र २०७८
श्रीलङ्काको जस्तै अवस्थामा नपुग्न नेपाल समयमै सचेत हुनुपर्नेमा जोड 
images

अविनाश आचार्य, काठमाण्डौ, १७ चैत । यतिबेला श्रीलङ्काका बजारहरूमा खाद्यान्न र ईन्धन खरिदको लागि उभिएकाहरूको लामो लाईन देखिन्छ । त्यस्तै लामो लाईन बैदेशिक रोजगारीका लागि राहदानी बनाउनेहरूको पनि छ । मुल्यवद्धि यति बढेको छ कि नागरिकलाई दैनिकी चलाउनै समस्या छ ।

श्रीलङ्का सन् १९४८ मा पाएको स्वतन्त्रता पछिको कमजोर आर्थिक अवस्थामा पुगेको छ । श्रीलङ्का यस्तो अवस्थामा पुग्नुमा पर्यटन, कृषि उत्पादन र व्यापारमा कोरोनाले पारेको प्रभावलाइ मुख्य मानिएको छ । कोरोनाको प्रभाव र बढ्दै गरेको वैदेशिक ऋणका कारण नेपाली अर्थतन्त्र पनि श्रीलङ्काको जस्तो होला कि भन्ने चिन्ता नागरिक स्तरमा देखिन थालेको छ ।

नवलपुरका कृष्ण चालिसे मूल्यवृद्धिले दैनिकी चलाउनै समस्या भएको सुनाउनुहुन्छ । महामारीले पर्यटन व्यवसाय ठप्प भएको छ । रेमिट्यान्स घटेको छ । निर्यात कम छ भने आयात बढिरहेको छ । प्रतिवद्धता गरिएका वैदेशिक साहयता ४० प्रतिशत मात्रै प्राप्त भएको छ ।

चालू आर्थिक वर्षको नौ महिनामा मात्रै नेपालले एक अर्व १६ करोड ९८ लाख आठ हजार सात सय ९० रुपयाँ व्यापार घाटा बेहोरेको छ । फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा हाल ११ खर्व ७३ अर्व डलर सञ्चिति छ । असार मसान्तको तुलनामा यो यो १६.२ प्रतिशतले कमी हो ।

राजनीतिज्ञले अहिले नै केही सोच्न सकेनन् भने नेपालको पनि श्रीलङ्काको जस्तै अवस्था आउन सक्ने अर्थविद् डा. चन्द्रमणी अधिकारीको भनाइ छ । हाल नेपालसँग १७ खर्व वैदेशिक ऋण रहेको छ ।  

नेपाल राष्ट्रबैंकका अनुसार देशमा भित्रिने र बाहिरिने रकमको अन्तर जनाउने शोधनान्तर असार मसान्तमा सवा अर्ब रुपैयाँ बचतमा थियो भने अहिले साढे २ खर्ब रुपैयाँले घाटामा छ। रूस – युक्रेन युद्धका कारण सम्पन्न  देशमा समेत आर्थिक संकट उत्पन्न हुने खतरा रहदा नेपालमा यसको असर कम गर्न सरकारले काम गरिरहेको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला बताउनुहुन्छ ।

नेपाल भित्रिएको रेमिट्यान्स अनुत्पादक क्षेत्रमा लगानी हुनु, निर्माणाधिन आयोजना समयमा नै सम्पन्न नहुनु र वैदेशिक ऋणको व्याज थपिएको थपियै हुनु तर देशमा बाह्य लगानी र पर्यटक घट्नुले विदेशी रकम पनि घट्दै गएको छ । जसका कारण, नेपाल तत्कालै श्रीलङ्काको अवस्थामा नपुगेपनि समयमा नै सचेत नबने त्यस्तै अवस्था नआउला भन्न नसकिने विज्ञहरु बताउँछन् । 

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ०९:१७:३८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology