Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमती प्रदेशका नागरिकलाई अब निःशुल्क रगत

बागमती प्रदेशका नागरिकलाई अब निःशुल्क रगत

इच्छाकामना न्युज

१७, चैत्र २०७८
बागमती प्रदेशका नागरिकलाई अब निःशुल्क रगत
images

काठमाडौं, १७ चैत । बागमती प्रदेश सरकारले आफ्ना प्रदेशबासीलाई रगत नि:शुल्क उपलव्ध गराउने यसअघि गरेको निर्णय कार्यान्वयनमा ल्याएको छ । बुधबार केन्द्रीय रक्तसञ्चार केन्द्र (व्लड बैंक) र स्वास्थ्य कार्यालय काठमाडौँबीच प्रदेशबासीलाई नि:शुल्क रगत उपलव्ध गराउने सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।

images
images

सम्झौँता अनुसार काठमाडौँमा वीर अस्पताल र टोखा स्थित चण्डेश्वरी अस्पतालको सिफारिसमा केन्द्रीय रक्तसञ्चार केन्द्र (व्लड बैंक) बाट नि:शुल्क रगत उपलव्ध गराईने छ ।

बागमती ‘प्रदेशवासीलाई तोकिएका अस्पतालको सिफारिसमा व्लड बैंंकबाट नि:शुल्क रगत उपलव्ध हुन्छ । बर्षको १० पिन्ट रगतको कुनै पनि शुल्क तिर्नु पर्दैन । रक्त क्यान्सर र रगत जन्य अन्य रोगहरु जसमा बढी रगत आवश्यक पर्छ, त्यसका लागि २० पिन्ट सम्म पूर्ण नि:शुल्क उपलव्ध हुन्छ,’ स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बसन्त अधिकारीले भने ।

यस अघि व्लड बैंकले परीक्षणको शुल्क बापत भन्दै क्रस म्याच गरेको रगत लिन जाँदा एक पिन्टको १ हजार २५० रुपैयाँ र क्रस म्याच नगरेको रगत लिन जाँनेसंग १ हजार १५० रुपैयाँ लिने गर्दथ्यो । अब सो शुल्क बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सोध भर्ना गरिदिनेछ ।

 

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ०८:२७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology