Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरको वडा नं. ६ मा राप्रापाको पार्टी कार्यालय उद्घाटन, ४१ जना पार्टी प्रवेश

भरतपुरको वडा नं. ६ मा राप्रापाको पार्टी कार्यालय उद्घाटन, ४१ जना पार्टी प्रवेश

इच्छाकामना न्युज

१४, चैत्र २०७८
भरतपुरको वडा नं. ६ मा राप्रापाको पार्टी कार्यालय उद्घाटन, ४१ जना पार्टी प्रवेश
images

चितवन, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीे (राप्रपा) भरतपुर-६ ले वडा कार्यालय स्थापना गरेको छ । आज (सोमबार) एक कार्यक्रमका बीच राप्रपा केन्द्रीय सहमहामन्त्री तथा बाग्मती प्रदेश सांसद रिना गुरुङ र सहायक महामन्त्री प्रेम बलायरले संयुक्त रुपमा वडा कार्यालयको उद्घाटन गर्नुभएको हो ।

images
images

उद्घाटन कार्यक्रममा बोल्दै सहमहामन्त्री गुरुङले देशमा भ्रष्टचार मौलाएको बताउनु भयो । आगामी दिनमा भ्रष्टाचार रहित देश बनाउनको लागी प्रजातन्त्र सहितको राजसंस्था उपयुक्त हुने उहाँको भनाई छ । अन्य दलहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेकाले राप्रपानै उचित विकल्पको शक्ति भएको उहाँले तर्क रहेको छ । उहाँले आउदै गरेको बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा राप्रपाको पक्षमा जनलहर आउने विश्वास लिनु भएको छ ।

साथै सांसद गुरुङ्गले ठुला भनिएका दलहरुले बिभिन्न जातीय राज्यको आश्वासनमा निर्वाचित भएको दावी गर्नुभयो । उहाँले जातीय राज्यको आश्वासन देखाए पनि त्यो एक भाषणमा मात्रै सिमित रहेको बताउनु भयो ।

सोहि अवसरमा विभिन्न पार्टी परित्याग गरी ४१ जना राप्रपामा प्रवेश गरेका छन् । कांग्रेस लगायत अन्य दलकाले पार्टी परित्याग गरेका हुन् । राप्रपा भरतपुर–६ का फणिन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश उपाध्यक्ष ज्ञानुजंग लामा, राप्रपा क्षेत्र नम्बर २ का उपाध्यक्ष गीता आचार्य, महानगर सचिव सुलभ सिग्देल, राप्रापा २ ख का सचिव संगीता थापा मगर लगाएतको सहभागीता रहेको थियो ।

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - १९:१३:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology