आँबुखैरेनी, १४ चैत । निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिनै लाग्दा बल्ल आँबुखैरेनी गाउँपालिका २ को वडा कार्यालय भवन शिलान्यास भएको छ। आज बिहान एक कार्यक्रमको आयोजना गरि वडा कार्यालय भवनको शिलान्यास गरिएको हो।
गाउँपालिकाको वडा नं. २ स्थित बगुवामा निर्माण हुने उक्त वडा कार्यालयको भवनको गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल वडाध्यक्ष कटक बहादुर थापाले संयुक्त रुपमा शिलान्यास गरेका थिए।
भवन निर्माणको जिम्मा पाएको भक्तपुरको मायादेवी कन्स्ट्रक्सनले २०७९ साल फागुन सम्ममा भवन निर्माण गरिसक्नुपर्नेछ। भवन निर्माणको लागि गाउँपालिका र निर्माण कम्पनी बिच यहि फागुन ३० गते निर्माण सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए । उनका अनुसार २ तलाको निर्माण हुने भवन हाल १ करोड २२ लाख ६४ हजार ५ सय ५६ रुपैयाँ ९३ पैसाको बजेटमा निर्माण हुनेछ।