Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दाङको स्यानी गाउँमा सुर्यमुखी फूलको खेती फस्टाउँदै 

दाङको स्यानी गाउँमा सुर्यमुखी फूलको खेती फस्टाउँदै 

इच्छाकामना न्युज

१३, चैत्र २०७८
दाङको स्यानी गाउँमा सुर्यमुखी फूलको खेती फस्टाउँदै 
images

चन्द्र प्रकाश नेपाली, दाङ, १३ चैत । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ को स्यानी गाउँमा सुर्यमुखी फूलको खेती फस्टाएको छ । फूल खेतीकै कारण स्यानी गाउँ चर्चामा आएको छ भने आन्तरिक पर्यटक पनि बढिरहेका छन् । दाङमा यसअघि सुर्यमुखी फूलको व्यावसायिक खेती भएको थिएन ।

images
images

स्यानी गाउँका ५४ वर्षका यमबहादुर चौधरी र उहाँका श्रीमती शोभा चौधरीले गरेको सुर्यमुखी फूलको खेतीले गाउँ चिनाउने आधार बन्न थालेको हो ।

घोराही १० नारायनपुरबाट दक्षिणतर्फ लागेपछि पुगिने वडा नम्बर ८ को स्यानी गाउँ सुर्यमुखी फूलका कारण टाढैबाट चिनिने गरेको छ । एकनासले फूलेका फूलको सौन्दर्य हेर्न, फोटो खिच्न र टिकटक बनाउन पुग्नेहरूका लागि एक जनालाई ५० रूपैया शूल्क पनि तोकिएको छ ।

फूलखेती हेर्न दैनिक झण्डै ५ सय मानिसहरू पुग्ने गरेका छन् । जसबाट फूलखेती गर्दै आउनुभएका चौधरी दम्पतीले दैनिक १६ हजार सम्म कमाउन थाल्नुभएको छ । फूलखेतीमा मानिसहरूको आकर्षण बढेपछि यसलाई थप व्यवस्थित बनाउने सोँच उनीहरूले बनाएका छन् ।

७ महिना अघि ७ हजार रुपैँयाँ लगानी गरि ७ कठ्ठामा लगाईएको यो फूलबाट लगभग साँढे ३ क्वीन्टल दाना उत्पादन हुने अपेक्षा गरिएको छ । यसरी तेलको लागि गरिएको फूल खेतीबाट गाउँ नै चिनिने मौका आउँदा यमबहादुर चौधरी र शोभा चौधरी खुसी हुनुभएको छ ।

images
प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - १०:३७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology