Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

जीवन आलेद्वारा लिखित शोधग्रन्थ ‘नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर’ सार्वजनिक

जीवन आलेद्वारा लिखित शोधग्रन्थ ‘नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर’ सार्वजनिक

images

इच्छाकामना न्युज

६, चैत्र २०७८
जीवन आलेद्वारा लिखित शोधग्रन्थ ‘नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर’ सार्वजनिक
images

काठमाडौ, ५ चैत । लेखक तथा खोजकर्ता जीवन आले मगरद्वारा लिखित शोधग्रन्थ 'नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर' नामक पुस्तक राजधानीको प्रज्ञा भवनमा आयोजित एक समारोहका वीच विमोचन गरिएको छ । शहिद लखन गाउँपालिका गोरखाले प्रकाशन गरेको उक्त शोधग्रन्थ नेपाल सरकारका माननीय संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेम वहादुर आले मगरले विमोचन गर्नुभएको हो । विमोचन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै मन्त्री आलेले राणा शासनको विरुद्धमा जनस्तरवाट राजनीतिक संगठन गरी लखन थापा मगरको नेतृत्वमा करिव दुई हजार जनसेना तयार गरी वि. सं. १९२७ देखि १९३३ सालसम्म पहिलो पटक नेपाली जनताहरुले विद्रोह गरेको घटनाले ऐतिहासिक महत्त्व वोकेको वताउनु भएको छ । FB_IMG_1647715527386.jpg राणा शासकले नेल र कोर्रा हानी चरम यातना प्रदान गर्दा पनि लोकतन्त्र र जन अधिकार स्थापनाका एजेण्डा नछाडि लखन थापा निर्भिकताका साथ अडिग रहेको उल्लेख गर्नुभयो । वि.सं. २०७२ असोज ३ गते नेपाल सरकारले लखन थापा मगरलाई पहिलो शहीद घोषणा गरि उच्च सम्मान गरेको मन्त्री आलेले वताउनुभयो । मन्त्री आलेले लखन थापालाई सम्मान गर्न र गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ रहेको ' लखन स्मारक विद्रोही किल्लाको विकासका लागि सरकारले ध्यान दिने वताउनुभयो । 'नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर' नामक पुस्तकमा लेखक जीवन आले मगरले लखन थापा मगरको वीरतापूर्ण जीवनगाथाको सजीव चित्रण गरेकाले महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज वन्ने विश्वास गर्नुभयो । कार्यक्रममा वोल्नुहुंँदै आदिबासी जनजाति आयोगका अध्यक्ष माननीय राम वहादुर थापा मगरले राणा सरकारको आदेशमा वि.सं. १९३३ मा गोरखा जिल्लाको हालको शहिद लखन गाउँपालिका वडा नं. ७, वुङ्कोट काहुले भङ्गारमा लखन थापा मगर, जयसिंह चुमी राना मगर,जीतमान गुरुङ, अछामी मगर, अजपसिंह थापा मगर, विराज थापा मगर र जुठ्या थापा मगरलाई झुण्ड्याइएको वताउनुभयो । उनले शहादत प्राप्त गर्नु मानव जीवनको सवैभन्दा ठूलो देन भएको विचार राख्नुभयो । उक्त कार्यक्रममा राष्ट्रिय सभाका सदस्य माननीय सुरेश आले मगरले इतिहासमा मगरहरु शासक रहेको वताउँदै राष्ट्र निर्माणमा लखन थापा लगायत हजारौं मगर योद्धाहरुले वलिदानी प्रदान गरेको वताउनुभयो ।उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका उप-कुलपति डा. जगमान गुरुङले प्रथम शहीद लखन थापा मगर जस्तो ऐतिहासिक व्यक्तित्वको जीवनी लेखेर लेखकले राम्रो कार्य गरेको वताउनुभयो । कार्यक्रममा लखन थापा मगरको योगदान कुनै जाति विशेषको लागि मात्रै नभइ सिंगो नेपाल राष्ट्र र नेपाली जनताहरुको हीतका लागि भएको नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगरले बताउनुभयो । कार्यक्रममा वोल्नुहुँदै इतिहासकार प्रा.डा. श्रीराम प्रसाद उपाध्यायले लखन थापा मगरलाई राष्ट्रिय विभूती घोषणा गर्नुपर्ने वताउनुभयो । कार्यक्रममा शहीद लखन गाउँपालिका, गोरखाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रमेश वावु थापा मगरले मन्त्री आले मार्फत् नेपाल सरकार समक्ष ८ वँदे ज्ञापन पत्र पेश गर्नुभयो । ज्ञापन पत्रमा लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गरि उनले शहादत प्राप्त गरेको दिन सार्वजनिक विदा व्यवस्था गरि सरकारी स्तरवाट राष्ट्रिय रुपमा मनाउनुपर्ने, उनीसँगै बलिदानी दिने अन्य ६ जनालाई शहीद घोषणा गर्नुपर्ने, उक्त जनविद्रोहमा तत्काल मृत्युवरण नगरेपनि क्रान्तिकारी युद्ध मोर्चामा सक्रिय हुनेहरुलाई प्रथम जनविद्रोहका योद्धाको रुपमा राज्यवाट सम्मान प्रदान गर्नुपर्ने र लखन थापा मगर लगायत उनका सहयोद्धाहरुको जीवनी विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरुमा समावेश गरिनुपर्ने माग गरेको छ । साथै गाउँपालिकाले वुझाएको उक्त ज्ञापन पत्रमा लखन स्मारक विद्रोही किल्लाको विकास र संरक्षणका लागि सरकारले वजेट व्यवस्था गर्नुपर्ने, शहीद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न र प्रथम प्रधानमन्त्री भिमसेन थापा मगरद्वारा निर्मित भिमविरेश्वर मन्दिर वुढीगण्डकी जलविधुत परियोजना निर्माणका क्रममा डुवानमा पर्ने भएकाले यथाशीघ्र स्थानान्तरण गर्न समेत माग गरिएको छ । कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष रमेश वावु थापा मगरले लखन थापा मगरको नामवाट गाउँपालिकाको नामाकरण हुनु गौरवपूर्ण भएको उल्लेख गर्दै आम जनमानसमा लखन थापाको योगदानवारे संचार गर्न विमोचित पुस्तकले महत्त्वपूर्ण भूमिका निर्बाह गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो कार्यक्रममा वोल्नुहुँदै आयोजक संस्था गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले लखन थापा मगरको सम्मानमा उनले शहादत प्राप्त गरेको स्मृति दिवसको अवसरमा वि.स. २०७५ वाट गाउँपालिकाले हरेक वर्ष स्थानीय विदा दिने गरेको वताउनुभयो। लेखक तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले प्रथम शहीद लखन थापा मगरको वारेमा प्राप्त ऐतिहासिक दस्तावेज, लखन स्मारक किल्लाको भग्नाबशेषको अवलोकन तथा ऐतिहासिक तथ्य एवम् घटनाक्रमहरुको वस्तुगत तथ्य र प्रमाणको आधारमा उक्त शोधग्रन्थ तयार गरिएको वताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र ६, २०७८ आइतवार - ००:३२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology