आँबुखैरेनी, ५ चैत। गोरखा जिल्ला शहिदलखन गाउँपालिका वडा नं.३ निवासी खुनमाया गुरुङले आफ्नो जन्मदिनको अवसर पारेर आज मृगौलाका बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । गुरुङले आफ्नो ४४ औं जन्मदिनको अवसरमा आँबुखैरेनी गाउँपालिका-१, सत्रसयस्थित मृगौलाका बिरामी लोक बहादुर थापालाई नगद रु. १० हजार सहयोग हस्तान्तरण गर्नुभएको हो । बिगत ६ बर्षदेखी दुबै मृगौलाले काम नगरेको, चिनी रोग र उच्च रक्त चापले ग्रस्त थापाको आर्थिक अवस्था नाजुक भएकोले थप उपचारमा सहयोग पुर्याउने हेतुले आर्थिक सहयोग गरेको गुरुङले बताउनुभयो । आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेबी श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष किसान थापा, सत्रसय आधारभूत स्वास्थ्य चौकीकी अनमी एवं खुनमायाकी छोरी स्वर्णीमा गुरुङ लगाएतको उपस्थितिमा आर्थिक सहयोग हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ ।