Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको गुरुङ समुदायले में त्हले (धनुष विद्या पर्व) दिवस मनाए

चितवनको गुरुङ समुदायले में त्हले (धनुष विद्या पर्व) दिवस मनाए

इच्छाकामना न्युज

३, चैत्र २०७८
चितवनको गुरुङ समुदायले में त्हले (धनुष विद्या पर्व) दिवस मनाए
images

चितवन, ३ चैत । चितवनको गुरुङ समुदायले में त्हले (धनुष विद्या पर्व) दिवस मनाएका छन्। हरेक वर्षको फागु पूर्णीमाको दिन गुरुङ समुदायले भव्य रुपमा मनाउने में त्हले (धनुष विद्या पर्व) दिवस यस वर्ष पनि एक कार्यक्रमको आयोजना गरि चितवनको गुरुङ समुदायले यो पर्व मनाएको हो।

images
images

275540458_486029642996775_3320666570674077105_n.jpg

विशेष गरेर गुरुङ समुदायको मौलिक धर्म संस्कार संस्कृति संरक्षणमा लागि परिरहेको संस्था तमू प्ये ल्हु संघ चितवनको नेतृत्वमा चितवनका गुरुङ समूदायले भरतपुर ११ नौरङ्गेमा रहेको खेमा क्होइवो स्थलमा जम्मा भै पर्व मनाएको हो।

275691246_381036860521834_7860877567867098992_n.jpg

यो पर्वमा गुरुङ समुदायले परापूर्व कालमा शिकारका लागि प्रयोग गर्ने धनुषवाण खेल खेलेर मनाउने गरेको छ। यस वर्ष पनि चितवनमा में त्हले (धनुष विद्या पर्व) दिवसमा प्रतियोगिताको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा संघका निवर्तमान अध्यक्ष जगत बहादुर गुरुङ प्रथम, पूर्व सदस्य दान बहादुर गुरुङ दोस्रो र संघका उपाध्यक्ष मिन बहादुर गुरुङ तेस्रो भएका थिए।

274916016_1079085182668580_4050416249544968820_n.jpg

संघका जिल्ला अध्यक्ष लालप्रसाद गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघको सल्लाहकार एवं अन्तर जिल्ला क्षेत्रिय मूल समितिका अध्यक्ष लेख बहादुर गुरुङ प्रमुख अतिथि रहेका थिए।

275204793_465559305269747_6039332704401720350_n.jpg

यस्तै कार्यक्रममा महिला समिति अध्यक्ष इन्द्रा गुरुङ, युवा अध्यक्ष आशिष गुरुङ लगायत संघका वर्तमान तथा निवर्तमान पदाधिकारीहरु, सदस्यहरु लगायतको सहभागिता रहेको थियो।

images
प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - २०:१५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology