उदयपुर, १९ मंसिर
उदयपुरमा बम विस्फोट हुदा चारजना घाइते भएका छन्। कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा शक्तिशाली बम विस्फोट हुँदा चार जना घाइते भएका हुन् ।
गएराती बम विस्फोट हुँदा भाग्ने क्रममा चारजना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिनुभयो। ‘बम विस्फोटमा परेर नभई ‘विस्फोट भएपपिछ भाग्ने क्रममा लडेर चारजना मजदुर घाइते भएका हुन् । ’
बम विस्फोट कसले गराएको? किन गराएको भन्ने बारे अज्ञात रहेको प्रहरीको भनाइ छ। घाइते चारैजनलाई कटारी अस्पताल ल्याइएको र घाइतेको अवस्था सामान्य रहेको एसपी दाहालको भनाइ छ। ‘प्रहरीको टोली जाँदै छ,’ उहाँले भन्नुभयो, ‘प्रहरीको टोली पुगेपछि सम्पूर्ण क्षतिको विवरण आउँछ।’