Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नयाँ शैक्षिक सत्र जेठबाट सुरु हुने 

नयाँ शैक्षिक सत्र जेठबाट सुरु हुने 

images

सिआईएन

३, चैत्र २०७८
नयाँ शैक्षिक सत्र जेठबाट सुरु हुने 
images

काठमाण्डौ, ३ चैत । सरकारले नयाँ शैक्षिक सत्र आगामी जेठबाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसवर्षको शैक्षिक सत्र अन्तर्गत चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमा परीक्षा र नतिजा प्रकाशन गर्नेगरी निर्णय भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता दिपक शर्माले देशभरका अधिकांश विद्यालयले चैतमै विद्यालयको अन्तिम परीक्षा सञ्चालन गर्ने गरी सूचना निकालेको गुनासो आएकाले चैत्र महिनाभर शिक्षण सिकाइ क्रियाकलाप गर्न आग्रह गरिएको सीआईएनसँग बताउनुभयो ।

उहाँले चालु शैक्षिक सत्रमा कतिपय विद्यालयमा पाठ्यक्रम नसकिएको हुँदा चैत मसान्तसम्म पाठ्यक्रम सकाउन र वैशाखमा परीक्षा लिन र नयाँ भर्ना लिन भनिएको बताउनुभयो ।कोरोनाका कारणले मात्रै नयाँ शैक्षिक सत्रको कार्यक्रममा फेरबदल भएको उहाँको भनाइ छ । 

images
प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - ०९:०९:२९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology