Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भोली देखि सबैले मनकामना मन्दिर भित्रै पुगेर पूजा गर्न सकिने

भोली देखि सबैले मनकामना मन्दिर भित्रै पुगेर पूजा गर्न सकिने

इच्छाकामना न्युज

२, चैत्र २०७८
भोली देखि सबैले मनकामना मन्दिर भित्रै पुगेर पूजा गर्न सकिने
images

मनकामना, २ चैत । अबदेखि गोरखामा रहेको चर्चित धार्मिकस्थल मनकामना माईको मन्दिर भित्र पुगेर सबैजनाले पूजा गर्न पाउने भएको छ। लामो समयदेखि भक्तजनले बाहिरबाटै पूजा गर्दै आएकोमा भोली चैत ३ गतेदेखि भने मन्दिर भित्रै पुगेर पूजा गर्न पाउने भएको हो।

images
images

मनकामना क्षेत्र विकास समिति, उद्योग वाणिज्य संघ मनकामना, मन्दिरका पूजारी, स्थानीयवासी लगायतको छलफल र पहल पश्चात भक्तजनलाई मन्दिर भित्रै प्रवेश गराई पूजा गर्ने व्यवस्था गर्न लागिएको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई समितिका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए। उनका अनुसार झण्डै दुई वर्षपछि बल्ल भक्तजनले मन्दिर भित्रै पुगेर पूजा गर्न पाउने व्यवस्था हुन लागेको हो। योसँगै मनकामनामा आउने भक्तजनको संख्यामा वृद्वि हुने अपेक्षा राखिएको उनले बताए।

मनकामना क्षेत्र विकास समितिको नेतृत्वमा फागुन १ गते मनकामनाका सरोकारवालाहरुको बृहत उपस्थितिमा फागुन १५ गतेदेखि मनकामना मन्दिरमा भक्तजनलाई भित्रै देखि पूजा गर्न दिने व्यवस्था गरिने भनिएको भए पनि अझैसम्म सो व्यवस्था भने हुन सकेको थिएन।

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - २०:१३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology