Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ

दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ

images

इच्छाकामना न्युज

१, चैत्र २०७८
दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ
images

काठमाडौं, १ चैत । दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ परेका छन् । कोरिया पठाइदिने भन्दै गठी गरेको आरोपमा चावहिल बस्ने दक्षिण कोरियाका ७३ वर्षीय रे सि जङलाई महांकालबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

एम८५५६६२२७ राहदानी नम्बरबाहक उनले चावहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै ठगी गरेको प्रहरीको भनाइ छ । 

वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाइदिने भन्दै पीडितबाट रकम लिएको र कोरिया नपठाएको आरोपमा उनीविरुद्ध उजुरी परेपछि पक्राउ गरेको प्रहरीको भनाइ छ ।

उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।  

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - २१:१८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology