Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यार्सागुम्बा टिप्नेको कथामा ‘हाम्रो स्वर्ग’

यार्सागुम्बा टिप्नेको कथामा ‘हाम्रो स्वर्ग’

इच्छाकामना न्युज

१, चैत्र २०७८
यार्सागुम्बा टिप्नेको कथामा ‘हाम्रो स्वर्ग’
images

काठमाडौं, १ चैत । निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । फिल्मको छायांकन चैतको अन्तिम साताबाट सुरु हुनेछ ।

images
images

दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भूमिका रहने फिल्मका लागि अन्य कलाकारको खोजी भइहेको छ । निर्देशक बस्नेतका अनुसार फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ ।

कर्णाली प्रदेशको  भेषभूषा  र रहनसहनलाई प्रस्तुत गरिने फिल्मले एउटा वास्तविक कथालाई चित्रण गर्ने निर्माण पक्षले जनाएको छ । फिल्म कर्णाली प्रदेशका १० वटै जिल्लामा छायांकन गरिनेछ ।

एनएसके मिडिया नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ । फिल्ममा नवदत्त न्यौपानको संगीत र रामकृष्ण बुड्थापाको कथा  रहनेछ । 

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - ०८:४८:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology