Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माओवादी केन्द्रमा २४ घण्टा पनि टिकेनन् रेशम गुरुङ पुनः नेपाली कांग्रेसमै फर्किए

माओवादी केन्द्रमा २४ घण्टा पनि टिकेनन् रेशम गुरुङ पुनः नेपाली कांग्रेसमै फर्किए

इच्छाकामना न्युज

१, चैत्र २०७८
माओवादी केन्द्रमा २४ घण्टा पनि टिकेनन् रेशम गुरुङ पुनः नेपाली कांग्रेसमै फर्किए
images

कालीखोला, १ चैत । चितवनको इच्छाकामना ६ कालिखोलाका रेशम गुरुङ माओवादी केन्द्रमा प्रवेश गरेको २४ घण्टा नहुदै कांग्रेसमै फर्किएका छन् । सोमबार मात्र माओवादी केन्द्रमा प्रवेश गरेका गुरुङ मंगलबार नै कांग्रेसमै फर्किएका हुन् ।

images
images

गाउँपालिका अध्यक्ष समेत रहनुभएका कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ, इच्छाकामनाका पूर्व संयोजक विष्णु कुँवर, नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ क का क्षेत्रिय सचिव कुम बहादुर गुरुङ, इच्छाकामनाका सचिव तूल बहादुर गुरुङ, युवा नेता विराज गुरुङ, वडा नम्बर ५ का सभापति राजेन्द्र त्रिपाठी लगायतको उपस्थितिमा उनी कांग्रेसमै फर्किएका हुन् ।

उनले आफु माअ‍ोवादी केन्द्रमा प्रवेश गरेको नभई कार्यक्रममा झुक्याएर माला र टिका लगाई फोटो खिचाएको आरोप लागएका छन् । रेशम गुरुङ नेपाली कांग्रेसका पुराना कार्यकर्ता हुन् ।

275969007_1637874103232785_4444441734777189076_n.jpg

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - ०८:३३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology