Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतार जाँदै, यस्तो छ भ्रमण तालिका

श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतार जाँदै, यस्तो छ भ्रमण तालिका

इच्छाकामना न्युज

३०, फाल्गुण २०७८
श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतार जाँदै, यस्तो छ भ्रमण तालिका
images

काठमाडौं, ३० फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि सोमवार त्यसतर्फ प्रस्थान गर्दै छ ।

images
images

नेपाल–युएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरव इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई प्रस्थान गर्न लागेको हो । 

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का छन् । 

भिजिट भिसामा लैजाने व्यक्ति÷संस्थाहरूलाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको हो ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरव इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ । 

मन्त्री श्रेष्ठले मंगलबार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्ने उनको सचिवालयले जानकारी दिएको छ । 

मंंगलबार नै नेपाल–युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन् । नेपाल–युएई संयुक्त समिति बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नेछन् । 

नेपाल–युएई संयुक्त समितिको बैठकमा सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यन्वयनमा देखापरेका समस्या समाधानबारे छलफल हुनेछ ।
बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नेछन् । 

मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले बुधवार दुबईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरु (तडवीर सेन्टर) मा भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले दुबईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तरक्रिया गर्नेछन् । 

मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहिबार साँझ अफ्रिकी मुलुक गणतन्त्र सिसेल्स प्रस्थान गर्नेछ । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरु लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुनेछ । 

भ्रमण टोली आइतबार कतार जाने र सोमबार कतारसँगको श्रम सम्झौता नविकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली ८ चैत मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - २१:३४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology