Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अभिनेत्री रुपा दत्ता पक्राउ

अभिनेत्री रुपा दत्ता पक्राउ

एजेन्सी

३०, फाल्गुण २०७८
अभिनेत्री रुपा दत्ता पक्राउ
images

बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी अभिनेत्री रुपा दत्ता चोरीको मामलामा पक्राउ परेकी छन् । रुपा बंगाली फिल्मकी अभिनेत्री हुन् ।

images
images

उनलाई इन्टरनेसनल कोलकाता बुक फेयरबाट पैसा चोरेको आरोप लागेको छ । प्रत्यक्षदर्शीका अनुसार एक महिलाले फोहोरको डिब्बामा एक ब्याग फ्याकेको देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले रुपाबाट ७५ हजार भारतीय रुपैंयाँ बरामद गरेका छन् । यो घटना शनिबार राती भएको हो । कोलकाताको विधाननगर नर्थ पुलिस स्टेसनका अनुसार एक महिलाले फोहोरको डिब्बामा ब्याग फ्याकेपछि तत्कालै अन्य प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले तत्कालै महिला र ब्यागमाथि छानबिन गर्दा उनी अभिनेत्री रुपा दत्ता रहेको खुलेको हो । ब्यागमा उक्त ७५ हजार रुपैयाँ भेटिएको थियो । प्रहरीले अभिनेत्री रुपालाई हिरासतमा लिएपछि उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको छ ।

सन् २०२० मा रुपाले निर्माता तथा निर्देशक अनुरागमाथि अश्लील सन्देश पठाएको आरोप लगाएकी थिइन् । तर अनुसन्धानमा उनले अरु कोही पुरुषसँग फेसबुकमा कुराकानी गरेको खुलेको थियो । संयोगले त्यो पुरुषको नाम अनुराग नै थियो । त्यो समयमा रुपाले आफ्नो ट्वीटर हेण्डलमा अनुरागसँग च्याट गरिएको कैयौं सन्देश स्क्रीनसट शेयर गरेकी थिइन् ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - ०९:५९:३५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology