Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रकाश सपुतको गीतमा प्रचण्डले मुख खाेले

प्रकाश सपुतको गीतमा प्रचण्डले मुख खाेले

इच्छाकामना न्युज

३०, फाल्गुण २०७८
प्रकाश सपुतको गीतमा प्रचण्डले मुख खाेले

धनगढी, ३० फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रकाश सपुतकाे गीत 'पीर'काे म्युजिक भिडियाेमा भइरहेकाे विवादबारे प्रतिक्रिया दिएका छन् ।

images

माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतकाे उक्त गीतकाे म्युजिक भिडियाे युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले साेमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, 'मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएकाे हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।'

शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि नरहेकाे उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, याे विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क-वितर्क,पक्ष-विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनले बताए ।

 

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - ०९:५२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology