Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गैंडाकोटका किशोरी तथा युवतीहरू खेलकुदमा सक्रिय 

गैंडाकोटका किशोरी तथा युवतीहरू खेलकुदमा सक्रिय 

images

इच्छाकामना न्युज

३०, फाल्गुण २०७८
गैंडाकोटका किशोरी तथा युवतीहरू खेलकुदमा सक्रिय 
images

माया कँडेल, नवलपुर, ३० फागुन । अवसर र सहज वातावरण भएपछि नवलपरासी गैंडाकोटका किशोरी तथा युवतिहरू खेलकुदमा सक्रिय बनेका छन् । थप निखारताका लागि परिवार र विद्यालयको साथ सहयोगसँगै पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने उनिहरूको भनाइ छ ।  

बालविकास उच्च माध्यमिक विद्यालय गैँडाकोटमा कक्षा १० मा अध्ययनरत सिर्जना रेग्मीले तीन वर्षदेखि फुटबल खेल्न थालेको बताउनुभयो । सुरुमा सहज नभएपछि परिवार र विद्यालयको साथ पाएपछि ढुक्कसाथ फुटबल खेल्न सकिएको बताउनुभयो । कतिपय किशोरीलाई फुटबल खेल्नका लागि परिवार र समाजले साथ नदिएपनि फुटबल खेलेरै परिवारको नाम राख्ने रहर भएको उनीहरू बताउँछन् । जनता माध्यमिक विद्यालय हर्कपुरका सारिका घिमिरेले अवसर पाए स्तरीय खेलाडी बन्ने र राष्ट्रकै नाम राख्ने सपना रहेको बताउनुभयो ।

अहिले गैँडाकोट नगरपालिका भित्र करिब ६ सय महिला फुटबल खेलाडी रहेका छन् । गैँडाकोट खेलकुद समितिले विभिन्न निकायसँग सहजीकरण गरेर छात्राका लागि विभिन्न प्रतियोगिता गरिरहेको गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले बताउनुभयो । राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाएका कतिपय माहिला खेलाडी अवसर र सहज वातावरण पाए राम्रो गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । उनिहरुको पथ पछ्याउने किशोरीको सङ्ख्या पनि बढिरहेको देखिन्छ । 

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - ०९:०६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology