Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

घरबाटै लगेर १८ महिने नाबालिकाको बलात्कार गरी हत्या, दुईजना पक्राउ

घरबाटै लगेर १८ महिने नाबालिकाको बलात्कार गरी हत्या, दुईजना पक्राउ

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
घरबाटै लगेर १८ महिने नाबालिकाको बलात्कार गरी हत्या, दुईजना पक्राउ
images

काठमाडौं, २९ फागुन । मोरङको सुन्दरहरैचा नगरपालिका-७ मा एक डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 

images
images

पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । उनीहरूले घरमा कोही नभएको मौकामा घरबाटै बोकेर झाडीमा लगेर बलात्कार गरेका थिए । बलात्कार गरेर झाडीमा फालेर फरार भएका थिए । 

२७ फागुनको बेलुका साढे ५ बजेतिर घरबाट हराएकी ती नाबालिका साढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि नोबेल अस्पताल लगिएको थियो । उपचारमा क्रममा राति साढे १२ बजेतिर उनको मृत्यु भएको थियो । 

पक्राउ परेका दुवैजनाले ललाईफकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी दिए । 

घटनामा संलग्न दुवैजनालाई प्रहरीले १२ घन्टाभित्रै पक्राउ गर्न सफल भएको हो । उनीहरूले बलात्कारपछि नाबालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

झाडीमा फेला पार्दा उनी रगताम्य अवस्थामा थिइन् । यौनांग रक्ताम्य अवस्थामा भेटिएकाे प्रहरीकाे भनाइ छ। अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा जेल सजाय भोगेका थिए । उनी गत मंसिरमा मात्र कैद भुक्तान गरी छुटेका थिए । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - २१:४७:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology