Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालले घरेलु मैदानमा खेल्ने एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक 

नेपालले घरेलु मैदानमा खेल्ने एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक 

images

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
नेपालले घरेलु मैदानमा खेल्ने एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक 
images

काठमाण्डौ, २९ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा खेल्ने एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो पपुवा न्युगिनी पीएनजीसँगको एकदिवसीय र पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एकदिवसीय सिरिज खेल्ने छ।टियु क्रिकेट मैदानमा हुने सिरिजको पहिलो खेल मार्च २५ र दोस्रो खेल २६ मा हुनेछ ।

यस्तै नेपालले टियुमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ । त्रिदेशीय सिरिज मार्च २८ देखि अप्रिल ४ सम्म हुनेछ । टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले मार्च २८ मा पीएनजीसँग खेल्नेछ ।

नेपालले मार्च ३० मा मलेसियासँग खेल्दा मार्च ३१ मा पीएनजीसँग खेल्नेछ । नेपालले मलेसियासँग अप्रिल २ मा पुन खेल्नेछ ।फाइनल अप्रिल ४ मा हुनेछ ।

 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - ०९:२०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology