Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको मिति तोक्दै संसद

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको मिति तोक्दै संसद

images

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको मिति तोक्दै संसद
images

काठमाडौं, २९ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको आजको बैठकले महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ । प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११औँ बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘आजको बैठकले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने’ उल्लेख छ ।

प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरिसकेको छ। समितिमा प्रमुख प्रतिपक्षी एमाले पनि सहभागी छ ।

जबराविरुद्ध गत १ फागुनमा महाभियोग दर्ता भएको थियो । 

आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको  छ । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - ०८:५९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology