Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तातोपानी गाउँपालिकाको आफ्नै एम्बुलेन्स सेवा

तातोपानी गाउँपालिकाको आफ्नै एम्बुलेन्स सेवा

इच्छाकामना न्युज

२८, फाल्गुण २०७८
तातोपानी गाउँपालिकाको आफ्नै एम्बुलेन्स सेवा
images

जुम्ला, २८ फागुन । तातोपानी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले एक महिना अघिदेखि आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । ग्रामीण भेगबाट बिरामीलाई स्वास्थ्य संस्था तथा सदरमुकामका अस्पतालसम्म ल्याउन सहज होस भन्ने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । 

images
images

एम्बुलेन्स सेवा सञ्चालनको एक महिनामा २० जनाभन्दा बढीले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए । उनले भने, ‘पालिकाको सबैभन्दा दुर्गम ७ र ८ नम्बर वडाको भेरीखेला क्षेत्र हो । एम्बुलेन्स सेवाले त्यस क्षेत्रका नागरिकलाई बढी राहत पुगेको छ । सडक पहुँच भए पनि निजी गाडीले बिरामी बोक्दा महंगो खर्च तिर्न बाध्य थिए । कति पैसानै नपाएर उपचारबाट बन्चित हुन्थे । तर, पालिकाले आफ्नै एम्बुलेन्स सेवा सुरु गरेपछि भेरीखोला क्षेत्रसँगै तातोपानीबासीलाई राहत भएको छ ।’

पालिकाका ८ वटै वडाका नागरिकलाई एम्बुलेन्स सेवा प्रयोग गरेबावत आठ सय रुपैयाँ लिने गरेको प्रमुख प्रशासकिय अधिकृत बुड्थापाले बताए । विपन्न नागरिक, गर्भवती महिला, अपांग व्यक्ति, जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य रहेको छ । तर, कस्ता व्यक्तिलाई पूर्ण छुट दिने ?, कस्तालाई आंशिक छुट दिने भन्नेबारे कार्यविधि बन्न बाँकी छ ।

कार्यविधि बनेर पारित भएपश्चात विपन्न नागरिक, गर्भवती, अपांग व्यक्ति, जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा पाउने पालिकाले जनाएको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - १९:३६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology