Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

२०७९ सालको सार्वजनिक बिदाको सूची प्रकाशित, शनिबार बाहेक ३२ दिन सार्वजनिक विदा

२०७९ सालको सार्वजनिक बिदाको सूची प्रकाशित, शनिबार बाहेक ३२ दिन सार्वजनिक विदा

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०७८
२०७९ सालको सार्वजनिक बिदाको सूची प्रकाशित, शनिबार बाहेक ३२ दिन सार्वजनिक विदा
images

चितवन, २६ फागुन । सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूची तयार गरेको छ । सरकारले कुन महिना कति दिन बिदा दिने उल्लेख गर्दै राजपत्रमा सूचना जारी गरेको हो ।

सुचना अनुसार पहिलो महिना बैशाखमा शनिबार बाहेक एक दिन मात्र बिदा सार्वजनिक बिदा हुनेछ । यस्तै, जेठमा २ गते सोमबार बिदा हुनेछ । असारमा कुनै पनि बिदा छैन । साउन २७ गते सार्वजनिक बिदा दिएको छ ।

यसैगरी, भदौ ३ गते बिदा दिएको छ । असोज १० गते घटस्थापनाको दिन पनि सार्वजनिक बिदा हुनेछ । दशैं बिदा असोज १६ गते आइतबारदेखि २१ गते शुक्रबारसम्म ६ दिन दिइएको छ ।

तिहार बिदा कार्तिक ७ गतेदेखि ११ गतेसम्म पाँच दिन दिइएको छ । यसबाहेक विभिन्न राष्ट्रिय दिवसहरु तथा जातजाति वा धर्म समूदायका चाडपर्वहरुमा गरी थप २० दिन सार्वजनिक बिदा दिइएको छ । यो सबै मिलाएर २०७९ सालमा शनिबारबाहेक ३२ दिन सार्वजनिक बिदा परेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - २२:२७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology