Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिन पुलजिप हुदै घुमाउने मोटरमार्गको डिपिआर र आँबुखैरेनी देखि छिम्केश्वरी जाने मोटरमार्गमा कालोपत्रेको काम मेरै पहलमा भएको हो : पूर्वमन्त्री हरि चुमान

मुग्लिन पुलजिप हुदै घुमाउने मोटरमार्गको डिपिआर र आँबुखैरेनी देखि छिम्केश्वरी जाने मोटरमार्गमा कालोपत्रेको काम मेरै पहलमा भएको हो : पूर्वमन्त्री हरि चुमान

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
मुग्लिन पुलजिप हुदै घुमाउने मोटरमार्गको डिपिआर र आँबुखैरेनी देखि छिम्केश्वरी जाने मोटरमार्गमा कालोपत्रेको काम मेरै पहलमा भएको हो : पूर्वमन्त्री हरि चुमान
images

आँबुखैरेनी, २५ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं. ४ र ५ अन्तर्गत त्रिशुली नदीको तिरैतिर मुग्लिन पुलजिप हुदै घुमाउने पुग्ने मोटरमार्गको डिपिआरको काम र आँबुखैरेनी बजार हुदै छिम्केश्वरी जाने मोटरमार्ग कालोपत्रे काम आफ्नै विशेष पहलमा भएको गण्डकी प्रदेशका पूर्व आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले बताएका छन्। तनहुँको आँबुखैरेनी ४ स्थित खस्राङबेसीमा निर्माण हुन लागेको जलदेवि मन्दिरको शिलान्यास कार्यक्रमलाई आज सम्बोन्धन गर्दै उनले यस्तो बताएको हो।

‘मेरै कार्यकालमा मैले नै विशेष पहल गरेर प्रदेश सरकार मार्फत मुग्लिन पुलजिप हुदै घुमाउने पुग्ने मोटरमार्गको डिपिआरको काम र आँबुखैरेनी बजार हुदै छिम्केश्वरी जाने मोटरमार्ग कालोपत्रे कामको लागि करोडौं रुपैयाँको बजेट व्यवस्था गरेको हुँ, कसैले जस लिन नखोजे हुन्छ’ –उनले भने।

275158833_351885780154401_4366164697227064773_n.jpg

मन्दिर निर्माण व्यवस्थापन समितिको अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान रहनुका साथै कार्यक्रममा माओवादी केन्द्रका स्थानीय नेता गंगाराम कोइराला, बिमल बाबु राना, राजु गुरुङ लगायतको सहभागिता रहेको थियो।

सामाजिक विकाश मन्त्रालय गण्डकी प्रदेशको ५ लाख रुपैयाँ बजेटमा आँबुखैरेनी गाउँपालिका वडा नं. ४ र ५ को सिमास्थल खस्राङबेसीमा निर्माण हुन लागेको जलदेवी मन्दिर सो आसपासका स्थानीयहरुको पूरानो आस्थाको केन्द्र हो। स्थानीयका अनुसार परापूर्वकालदेखि नै उक्त स्थानमा पूजाआजा हुने गरेको थियो । संरक्षणको अभावमा भग्नावेश बनेको मन्दिरलाई पछिल्लो समय स्थानीयकै सक्रियता पुनःनिर्माण गर्न लागिएको हो।

 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - २२:२८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology