Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणका लागि २५ खेलाडी

राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणका लागि २५ खेलाडी

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणका लागि २५ खेलाडी
images

काठमाडौं, २५ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताईरीले थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

नेपालले थाइल्यान्डसँग १० चैतमा एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र १३ चैतमा स्थानीय टोली चोनबुरी एफसीसँग खेल्ने तालिका छ । दुबै खेल थाइल्यान्डको चोनबुरीमा हुनेछ ।

नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यसअघि नेपालले घरेलु मैदानमा मोरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसको दुबै खेलमा नेपालले पहिलो आधिकारिक अफ्रिकी पाहुना टोलीविरुद्ध १–० को जित निकालेको थियो ।

एएफसी एसियन कप छनोटको ‘ड्र’ सार्वजनिक भइसकेको छ । छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् ।

नेपाली टोली

किरण चेम्जोङ (कप्तान), टिकेन्द्र थापा, दिप कार्की, आशिष लामा, आयुश घलान, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, प्रशान्त अवस्थी, नविन गुरुङ, दर्शन गुरुङ, नितीन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरजजिउ ठकुरी, तेज तामाङ, सुबास गुरुङ, रोहित चन्द र जगजित श्रेष्ठ

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - २१:२७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology