Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अन्तराष्ट्रिय श्रमिक महिला दिवस : आँबुखैरेनीमा पनि भव्य रुपले मनाईयो 

अन्तराष्ट्रिय श्रमिक महिला दिवस : आँबुखैरेनीमा पनि भव्य रुपले मनाईयो 

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
अन्तराष्ट्रिय श्रमिक महिला दिवस : आँबुखैरेनीमा पनि भव्य रुपले मनाईयो 
images

आँबुखैरेनी, २५ फागुन । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ नेपालभर मंगलबार विविध कार्यक्रम गरी ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । 

275262542_1896391903884693_8897564243072450613_n.jpg

यसैगरी, आँबुखैरेनी गाउँपालिकाले पनि मंगलबार अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपले मनाईएको छ । गाउँपालिका भित्र रहेका विभिन्न महिला समुह, दिदी वहीनीहरुको बाक्लो उपस्थितीमा आँबुखैरेनी चोक देखि गाउँपालिका प्राङ्गण सम्म बृहत र्‍याली, ६० वर्ष उमेर भन्दा माथिका विधवा तथा एकल महिलाहरुलाई सम्मान र प्रशिक्षणको कार्यक्रम गरी अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपले मनाईएको गाउँपालिकाले जनाएको छ । 

275180707_366088468713429_1323900731378016841_n.jpg

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद सरिता गुरुङ्गले समाजमा महिला तथा बालिकामाथि घट्ने हरेक हिंसाका विरुद्ध सबैले आवाज उठाउनुपर्ने बताउनुभएको छ । पुरुषहरूले आफ्नो परिवार, समुदाय तथा कार्यस्थलमा रहेका महिलाप्रतिको जिम्मेवारी महसुस नगरेसम्म लैङ्गिक समानता असम्भव रहेको सांसद गुरुङ्गको भनाई रहेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण अर्याल, अधिवक्ता सरिता भण्डारी लगाएतले मन्तव्य राख्नुभएको थियो ।

275176588_328834492645523_4984462252207947378_n.jpg275166919_662203045202611_9150877772007406284_n.jpg

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - ०८:२७:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology